माघ महिनाभित्र घरायसी प्रयोजनमा खपत हुने ग्यासमा अनुदान दिन्छौँ : मन्त्री भण्डारी
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले निगमले डिजेल, पेट्रोल र ग्यास बाहेक समय सान्दर्भिक व्यापार सुरु गर्नुपर्ने बताएका छन् ।
नेपाल आयल निगमको ५५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले तेलमात्र बेचेर नाफा कमाउन सकिन्छ भन्ने बुझाइ परिवर्तन गर्न आवश्यक रहेको बताए ।
'तेलमात्रै बेचेर मुनाफा लिने क्रम धेरै दिन छैन । संस्थाको कार्य क्षेत्र अरू पनि छ भन्ने बुझ्नु पर्छ ,'उनले भने,' 'पछिल्लो समय निगमको व्यापार घट्दो रूपमा छ । नयाँ प्रविधिजन्य व्यवसाय नगरे यति मुनाफा कमायौँ । यति बोनस पायौँ भन्नुभन्दा पनि अब के नयाँ व्यापार गर्न सकिन्छ खोजी गर्नुपर्छ ।'
यसैगरी घरायसी प्रयोजनमा खपत हुने ग्यासमा अनुदान दिने माघ महिनाभित्र अभ्यासमा लग्ने मन्त्रालयको तयारी भएको बताए ।
'यसअघि व्यावसायिक रूपमा खपत हुने ग्यासमा अनुदान दिँदै आएको थियो,'मन्त्री भण्डारीले भने, 'यसमा निगमले ११ अर्ब रकम अनुदान दिनुपर्ने थियो । अब घरायसी प्रयोजनमा अनुदान दिँदा ९ अर्ब रकम निगमको खर्च हुने छ ।'
साथै पेट्रोलमा इथानोल मिसाउने मापदण्ड तयार भइरहेको र माघ महिनाभित्र कार्यान्वयन गरिने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण