ट्रेड युनियन खारेज गर्न मिल्दैन : अध्यक्ष पोखरेल
काठमाडौँ । नेपाल निजामति कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले कुनै कर्मचारीले सीमा नाघ्यो भन्दैमा राष्ट्रियस्तरको ट्रेड युनियन खारेज गर्न नमिल्ने बताएका छन् । शुक्रबार राज्यव्यवस्था समिति बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
अध्यक्ष पोखरेलले भने, ‘ट्रेड युनियन अधिकारबाट एक इन्च तलमाथि हुन सकिँदैन । कुनै कर्मचारीले सीमा नाघे कारबाही हुनुपर्छ तर त्यो भन्दैमा एक कर्मचारी अराजक भयो भनेर राष्ट्रिय स्तरको ट्रेड युनियन खारेज गर्न मिल्दैन ।
पूर्व अनुमानयोग्य सरुवा प्रणालीलाई स्थापित गरौँ । कर्मचारी सरुवा प्रणालीलाई व्यवस्थित गरौँ ।’ उनले पछिल्लो समय दलीय ट्रेड युनियन भनेर गरेको बहस बेमौसमको बाजा भएको समेत बताए ।
उनले अतिरिक्त सचिवको प्रावधान ल्याउन समेत सुझाव दिए । उनले भने, अतिरिक्त सचिवको प्रावधान ल्याऔँ, सचिवको कार्यकाल ३ वर्ष र अतिरिक्त सचिवको कार्यकाल पनि ३ वर्ष राखौँ ।’ पोखरेलले अन्तर प्रदेशमा एक पटकलाई सरुवा गर्ने वातावरण र प्रावधान राख्न समेत आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण