‘मायावी’को पोस्टरमा दीपिकासँग पलको प्रेम र पीडा
काठमाडौँ । फागुनको १४ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘मायावी’को दुई नयाँ पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले फिल्मको एउटा गीत सार्वजनिक गरेपछि दुई नयाँ पोस्टर सार्वजनिक गरेको हो ।
सार्वजनिक पोस्टरमा नायक पल शाह र नायिका दीपिका प्रसाईंलाई स्थान दिइएको छ । एक पोस्टरमा पल दीपिकासँग रोमान्टिक देखिएका छन्, भने अर्को एक पोस्टरमा पल भावुक देखिएका छन् । दुई पोस्टरबाट फिल्मले प्रेम र पीडाको भाव व्यक्त गर्ने बुझ्न सकिन्छ ।

दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्ममा क्रियटिम सिने आर्टस् र नेम महर्जनको लगानी छ । फिल्ममा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्त निर्माताको रूपमा छन् । साथै, फिल्ममा राजु पराजुली र सुमित वली सह–निर्माताको रूपमा छन् ।
फिल्ममा पल र दीपिकाको साथमा सुशिल सिटौला, करिश्मा श्रेष्ठ र नव–कलाकार समीम खानको अभिनय छ । फिल्ममा राजाराम पौडेल, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, अंशु महर्जन, रवि डंगोल, रमा प्रसाँई, दीपेन्द्र सिम्खडा, संगीता सिलवाल लगायतको पनि अभिनय छ ।
फिल्मको कार्यकारी निर्माता प्रविन भट्टराई र करण सिंह हुन् । फिल्ममा मिलन श्रेष्ठको सम्पादन, वसन्त अधिकारीको सह–निर्देशन, शम्भुजित बास्कोटा र एसडी योगीको संगीत, कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी छ ।
फिल्म ‘मायावी’ले प्रेम, बिछोड र मित्रताको कथा भन्छ । फिल्म सांगीतिक प्रेम कथामा निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्वस्थ शरीर, स्वस्थ सृजना’ नारासहित मकवानपुरमा ‘आरोग्य साहित्यिक यात्रा’ हुँदै
-
मौलापुरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै प्रधानमन्त्री बालेनको पुतला दहन
-
प्रधानमन्त्रीसँग निर्माण व्यवसायीको गुनासो : म्याद थप, भुक्तानी र ठेक्का व्यवस्थापन चुनौती
-
विश्वकप क्वार्टरफाइनल अघि फ्रान्स र मोरक्को दुवै मारमा
-
स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन ठप्प
-
प्रतिनिधि सभाकाे शून्य समयमा कसले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण