‘मायावी’को पोस्टरमा दीपिकासँग पलको प्रेम र पीडा
काठमाडौँ । फागुनको १४ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘मायावी’को दुई नयाँ पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले फिल्मको एउटा गीत सार्वजनिक गरेपछि दुई नयाँ पोस्टर सार्वजनिक गरेको हो ।
सार्वजनिक पोस्टरमा नायक पल शाह र नायिका दीपिका प्रसाईंलाई स्थान दिइएको छ । एक पोस्टरमा पल दीपिकासँग रोमान्टिक देखिएका छन्, भने अर्को एक पोस्टरमा पल भावुक देखिएका छन् । दुई पोस्टरबाट फिल्मले प्रेम र पीडाको भाव व्यक्त गर्ने बुझ्न सकिन्छ ।
दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्ममा क्रियटिम सिने आर्टस् र नेम महर्जनको लगानी छ । फिल्ममा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्त निर्माताको रूपमा छन् । साथै, फिल्ममा राजु पराजुली र सुमित वली सह–निर्माताको रूपमा छन् ।
फिल्ममा पल र दीपिकाको साथमा सुशिल सिटौला, करिश्मा श्रेष्ठ र नव–कलाकार समीम खानको अभिनय छ । फिल्ममा राजाराम पौडेल, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, अंशु महर्जन, रवि डंगोल, रमा प्रसाँई, दीपेन्द्र सिम्खडा, संगीता सिलवाल लगायतको पनि अभिनय छ ।
फिल्मको कार्यकारी निर्माता प्रविन भट्टराई र करण सिंह हुन् । फिल्ममा मिलन श्रेष्ठको सम्पादन, वसन्त अधिकारीको सह–निर्देशन, शम्भुजित बास्कोटा र एसडी योगीको संगीत, कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी छ ।
फिल्म ‘मायावी’ले प्रेम, बिछोड र मित्रताको कथा भन्छ । फिल्म सांगीतिक प्रेम कथामा निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमा विवाद हल गर्न हामीसँग के कस्तो रणनीति हुनुपर्छ ?
-
बोटे समुदायको विकासका लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्छ : प्रचण्ड
-
कांग्रेसका दुई भातृ संगठनद्वारा अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको विरोध
-
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४३ जना दीक्षित
-
सरकारले भूमाफियाबाट प्रभावित भएर अध्यादेश ल्यायो : नेकपा (माले)
-
ललितपुर महानगरलाई स्मार्ट सिटीको रूपमा विकास गर्ने योजनामा अघि बढिसक्यो : प्रमुख महर्जन