युवाहरूलाई खुसीकासाथ नेपालमै बस्नसक्ने वातावरण सिर्जना गर्नु आजको मुख्य राजनीतिक एजेण्डा हो : महामन्त्री थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले युवाहरूलाई आत्मसम्मान र खुसीकासाथ नेपालमै बस्नसक्ने वातावरण सिर्जना गर्नु आजको मुख्य राजनीतिक एजेण्डा भएको बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले नेपालको अहिलेको सबैभन्दा ठुलो राजनीतिक एजेण्डा नेपालमै खुसीका साथ बस्नसक्ने गरी कमाइ गर्ने वातावरणको सिर्जना गर्नु रहेको बताएका हुन् । उनले आफ्नो कमाइबाट खुसी हुने रोजगारी अहिलेको पहिलो राजनीतिक एजेण्डा रहेको उल्लेख गरे । उनले खुसीसहितको रोजगारीको विषय प्रधानमन्त्रीदेखि पार्टी सभापतिसम्म पुर्याउने बताए ।
उनले भने, ‘नेपालको अहिलेको सबैभन्दा ठुलो पोल्टिकल एजेण्डा भनेको नेपालको नौजवानहरुले नेपालमै बस्नसक्ने गरीकन आफ्नो आत्मसम्मान रहने गरी, खुसी हुनेगरी कमाइ भएको रोजगारी आजको नेपालको सबैभन्दा ठुलो राजनीतिक एजेण्डा हो ।’
महामन्त्री थापाले नेपालमा पाएको रोजगारीले खुसीसाथ बस्नसक्छु भन्ने वातावरण बनाउनसके मात्रै युवाहरू नेपालमा बस्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण