युवाहरूलाई खुसीकासाथ नेपालमै बस्नसक्ने वातावरण सिर्जना गर्नु आजको मुख्य राजनीतिक एजेण्डा हो : महामन्त्री थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले युवाहरूलाई आत्मसम्मान र खुसीकासाथ नेपालमै बस्नसक्ने वातावरण सिर्जना गर्नु आजको मुख्य राजनीतिक एजेण्डा भएको बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले नेपालको अहिलेको सबैभन्दा ठुलो राजनीतिक एजेण्डा नेपालमै खुसीका साथ बस्नसक्ने गरी कमाइ गर्ने वातावरणको सिर्जना गर्नु रहेको बताएका हुन् । उनले आफ्नो कमाइबाट खुसी हुने रोजगारी अहिलेको पहिलो राजनीतिक एजेण्डा रहेको उल्लेख गरे । उनले खुसीसहितको रोजगारीको विषय प्रधानमन्त्रीदेखि पार्टी सभापतिसम्म पुर्याउने बताए ।
उनले भने, ‘नेपालको अहिलेको सबैभन्दा ठुलो पोल्टिकल एजेण्डा भनेको नेपालको नौजवानहरुले नेपालमै बस्नसक्ने गरीकन आफ्नो आत्मसम्मान रहने गरी, खुसी हुनेगरी कमाइ भएको रोजगारी आजको नेपालको सबैभन्दा ठुलो राजनीतिक एजेण्डा हो ।’
महामन्त्री थापाले नेपालमा पाएको रोजगारीले खुसीसाथ बस्नसक्छु भन्ने वातावरण बनाउनसके मात्रै युवाहरू नेपालमा बस्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाजुरामा रुखबाट खसेर महिलाको मृत्यु
-
सीमा विवाद हल गर्न हामीसँग के कस्तो रणनीति हुनुपर्छ ?
-
बोटे समुदायको विकासका लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्छ : प्रचण्ड
-
कांग्रेसका दुई भातृ संगठनद्वारा अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको विरोध
-
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४३ जना दीक्षित
-
सरकारले भूमाफियाबाट प्रभावित भएर अध्यादेश ल्यायो : नेकपा (माले)