अमेरिका र बेलायतद्वारा रुसी तेल कम्पनीमाथि कडा प्रतिबन्ध
वासिङ्टन डिसी । अमेरिकाको बाइडेन प्रशासनले रुसमाथि अहिलेसम्मकै सबैभन्दा कडा प्रतिबन्ध लगाएको छ । यी प्रतिबन्धहरू रुसको ऊर्जा राजस्वलाई नोक्सान पुर्याउन लगाइएको हो, जसले युक्रेनमा यसको युद्धलाई सहयोग गरिरहेको छ।
यसमार्फत व्यापारी र अधिकारीदेखि बीमा कम्पनी र सयौँ तेल ट्याङ्करसम्मका दुई सयभन्दा बढी संस्था र व्यक्तिमाथि प्रतिबन्ध लगाइएको छ । युक्रेनमा रुसले आक्रमण गरेपछि अमेरिकासँगै बेलायतले ऊर्जा कम्पनी गाजप्रोम नेफ्ट र सर्गुटनेफ्तेगजमाथि पहिलो पटक प्रत्यक्ष प्रतिबन्ध लगाइएको हो ।
बेलायतका विदेश सचिव डेभिड लेमीले भने, ‘रुसी तेल कम्पनीहरूसँग लड्दा रुसको युद्धको कोष खाली हुनेछ र पुटिनबाट खोसिएको हरेक रुबल (रुसी मुद्रा) ले युक्रेनका जनताको जीवन बचाउन मद्दत गर्नेछ।’
अमेरिकी अर्थ मन्त्रालयले शुक्रबार घोषणा गरेका केही प्रतिबन्धलाई कानुन बनाइने बताइएको छ। यदि आगामी ट्रम्प प्रशासनले यी प्रतिबन्धहरू हटाउन चाहन्छ भने उसले त्यसलाई कंग्रेसबाट पारित गर्नुपर्नेछ।
यसबाहेक अमेरिकाले रुसबाट कानुनी रूपमा ऊर्जा किन्न सक्ने रुसका सहयोगीहरूलाई सीमित पार्ने काम पनि गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण