ललित र श्रवणको घातक बलिङ, अभागी ईशान : ११२ रनमा समेटियो बागमती
शनिबार, २७ पुस २०८१, १२ : २९
काठमाडौँ । जय ट्रफी पुरुष एलिट कपमा बागमती प्रदेश १ सय १२ रनमा समेटिएको छ । नेपाल पुलिस क्लबविरुद्धको खेलमा टोलीले ३३.२ ओभरमा सबै विकेट गुमाउन पुगेको हो ।
टोलीका लागि ईशान पाण्डेले सर्वाधिक ७१ रन बनाए । उनले ९४ बलमा १० चौका प्रहार गरे । उनी अब्सट्रक्टिङ द फिल्ड भन्दै दुर्भाग्यशाली तरिकाले आउट हुन पुगे ।
उनीबाहेक प्रतीक श्रेष्ठले १२ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । प्रतिश जिसीले ८ रन तथा रित गौतमले ६ रन बनाए ।
पुलिसका लागि ललित राजवंशीले पुनः एकपटक शानदार बलिङ गर्दै ४ विकेट लिए । उनले ९ ओभरमा २७ रन खर्चिए ।
त्यस्तै, श्रवण यादवले ४ ओभरमा मात्र ९ रन खर्चेर ३ विकेट हात पारे । यादवले ह्यट्रिक लिएका थिए । कुशल भुर्तेलले पनि २ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण