मोयेस दोस्रोपटक एभर्टनको म्यानेजर
शनिबार, २७ पुस २०८१, १८ : ४१
लण्डन । डेभिड मोयेज दोस्रोपटक एभर्टनको म्यानेजर नियुक्त भएका छन् । ६१ वर्षीय स्कटिस म्यानेजरले क्लबसँग साढे दुई वर्षको करार सम्झौता गरेका हुन् ।
बिहीबार मात्र क्लबले सन डाइसलाई बर्खास्त गरेको थियो । एभर्टन हाल प्रिमियर लिगको १६ औँ स्थानमा आसीन छ । यो सिजन १९ खेलबाट मात्र ३ जित हात पारेको टोली रेलिगेसन क्षेत्रभन्दा मात्र १ अंकले माथि छ ।
‘मैले एभर्टनमा ११ वर्ष बिताएँ । जब मैले पुनः क्लबसँग आबद्ध हुने अफर पाएँ मलाई कुनै हिचकिचाहट भएन,’ उनले भने । मोयेस सन् २००२ देखि २०१३ सम्म एभर्टनमा रहेका थिए ।
त्यसपछि उनले म्यानचेस्टर युनाइटेड, रियल सोसिडाड, सन्डरल्याण्ड र वेस्ट ह्यामको नेतृत्व सम्हालेका थिए । उनले सन् २०२३ मा वेस्ट ह्याम छाडेपछि उनी कामविहीन रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण