अग्रगमनका लागि संविधान संशोधन हुनुपर्छ : महासचिव झा
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महासचिव डा.सुरेन्द्र झाले सत्ता गठबन्धन दलको बिचमा भएको सात बुँदे सम्झौताबाट प्रधानमन्त्री केपी शर्मा ओली पछाडि हट्न नहुने बताएका छन् । शनिवार पार्टीको तर्फबाट कोशी प्रदेशको विराटनगरमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव झाले सो कुरा बताएका हुन् ।
महासचिव झाले सात बुँदे सम्झौताअनुसार वर्तमान सरकारले संविधान संशोधन गर्ने उल्लेख भएको तर प्रधानमन्त्री ओलीले २०८७ मा मात्र संविधान संशोधन गर्ने भनी दिएको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण रहेको टिप्पणी गरे ।
‘अहिलेको संविधान वर्तमान सरकारले नै संशोधन गर्नुपर्छ, त्यसका लागि एमाले र कांग्रेसका बिचमा सहमति पनि भएको छ,’ उनले भने, ‘संविधान संशोधन अग्रगमनका लागि हुनुपर्छ, प्रतिगमनका लागि संविधान संशोधन भयो भने लोसपा नेपालले त्यसलाई स्वीकार गर्दैन ।’
जनताको चाहना र आवश्यकता अनुसार संविधान संशोधन हुनुपर्ने कुरामा जोड दिँदै उनले बहुदललाई समाप्त गरी एकदलीय वा दुई दलीय तानाशाही शासन लाद्न खोजियो भने त्यसका लागि आफ्नो पार्टीले संघर्ष गर्ने बताए । संविधान संशोधनको माग मधेसवादी दलहरूको आजदेखि नभई २०७२ सालदेखिकै माग भएको बताउँदै महासचिव झाले भने, ‘संशोधनका लागि लोसपा नेपालले पटक पटक सरकारलाई दबाब दिएको छ, त्यसैले संविधान संशोधनको विरोध गर्दैनौ तर जनचाहना विपरीत भयो भने त्यसको घोर विरोध हुन्छ ।’
लोसपा मोरङ जिल्लाका अध्यक्ष मोहम्मद कादिरको अध्यक्षतामा भएको कार्यक्रममा अगामी वैशाखमा हुन लागेको महाधिवेशनको तयारीका विषयमा छलफल हुनुका साथै सदस्यता पनि वितरण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण