२ जना मृतावस्थामा फेला
आइतबार, २८ पुस २०८१, १६ : २३
काठमाडौं । रुपन्देही र पर्सामा २ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार रूपन्देहीको सैनामैना नगरपालिका-१० बेनतेनिस्थित माइतीघरमा बस्दै आएकी २७ वर्षीया मिना क्षेत्री मृत फेला परेकी छन् ।
उनी आइतबार सोही घरमा मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी पर्साको वीरगन्ज महानगरपालिका-३० लालपर्सास्थित सडक छेउको खेतमा जिराभवानी गाउँपालिका-३ बस्ने ६५ वर्षीय जोगिन्द्र महतो धानुक आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
-
तीन वर्षदेखि विदेशी औषधि कम्पनीको निरीक्षण ठप्प
-
निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण