त्रिभुवन विश्वविद्यालयद्वारा विद्यार्थी भर्नामा रोक, स्ववियुको आपत्ति
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको विद्यार्थी भर्नामा रोक लगाएको छ । तोकिएको समय सीमा सकिएको भन्दै त्रिवि शिक्षाध्यक्षको कार्यालयले विद्यार्थी भर्ना नगर्न निर्देशन दिएको हो ।
शैक्षिक क्यालेन्डर अनुसार समय सकिएको बताउँदै शिक्षाध्यक्षको कार्यालयले डीन कार्यालयहरूलाई थप विद्यार्थी भर्ना नगर्न निर्देशन दिएको छ । शिक्षाध्यक्षको कार्यालयको निर्देशनपछि स्नातक तहको विद्यार्थी भर्ना रोकिएको हो ।
यो निर्णयप्रति त्रिवि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले आपत्ति जनाएको छ । सभापति श्यामराज ओझाले विद्यार्थी भर्नामा रोक लगाएकोप्रति आपत्ति जनाए ।
युवा बिदेसिने क्रम बढिरहेका बेला त्रिविको स्नातक भर्ना एक्कासि रोक्नुले आश्चर्य चकित तुल्याएको उनले बताए । देशभरिबाट विद्यार्थी तथा क्याम्पस प्रमुखहरूबाट भर्ना रोकिएकोमा गुनासो आइरहेको उनको भनाइ छ ।
निश्चित समय अवधि तोकेर भर्ना प्रक्रिया अघि बढाउन समेत उनले आग्रह गरे । रजिस्ट्रेसन नखुलेकै बेला शिक्षाध्यक्षले भर्ना रोक्न निर्देशन दिएको उनको आरोप छ । अहिलेसम्म रजिस्ट्रेसन खुलेपछि मात्रै भर्ना गर्ने प्रचलन रहेको तर, अहिले एक्कासि भर्ना प्रक्रिया रोक्न निर्देशन दिएको उनको भनाइ छ ।
त्रिविले यही वर्षको फागुन १५ गते स्ववियु निर्वाचन गर्दैछ । विद्यार्थी संगठनहरू स्ववियु चुनावलाई आफ्नो प्रतिष्ठाको विषय बनाउँदै आएका छन् । बढी भन्दा बढी विद्यार्थी भर्ना गराएर निर्वाचन आफ्नो पक्षमा पार्ने मनसायसहित लागेका विद्यार्थी संगठनहरू भर्ना प्रक्रिया रोकिएपछि असन्तुष्ट बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः वाग्ले
-
दीपक खड्कासहित दुई नेतालाई कांग्रेसले सोध्यो स्पष्टीकरण
-
फिल्म ‘टिकाः स्टेटलेस सोल’को छायांकन सुरु
-
भिजिट भिसामा ‘काउन्टर सेटिङ’ आरोपमा वायुसेवा निगमका दुई जना कर्मचारी पक्राउ
-
स्वर्णिम वाग्लेलाई राजद्रोहको मुद्दा लाग्न सक्छ : शाही
-
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण