त्रिभुवन विश्वविद्यालयद्वारा विद्यार्थी भर्नामा रोक, स्ववियुको आपत्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको विद्यार्थी भर्नामा रोक लगाएको छ । तोकिएको समय सीमा सकिएको भन्दै त्रिवि शिक्षाध्यक्षको कार्यालयले विद्यार्थी भर्ना नगर्न निर्देशन दिएको हो ।
शैक्षिक क्यालेन्डर अनुसार समय सकिएको बताउँदै शिक्षाध्यक्षको कार्यालयले डीन कार्यालयहरूलाई थप विद्यार्थी भर्ना नगर्न निर्देशन दिएको छ । शिक्षाध्यक्षको कार्यालयको निर्देशनपछि स्नातक तहको विद्यार्थी भर्ना रोकिएको हो ।
यो निर्णयप्रति त्रिवि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले आपत्ति जनाएको छ । सभापति श्यामराज ओझाले विद्यार्थी भर्नामा रोक लगाएकोप्रति आपत्ति जनाए ।
युवा बिदेसिने क्रम बढिरहेका बेला त्रिविको स्नातक भर्ना एक्कासि रोक्नुले आश्चर्य चकित तुल्याएको उनले बताए । देशभरिबाट विद्यार्थी तथा क्याम्पस प्रमुखहरूबाट भर्ना रोकिएकोमा गुनासो आइरहेको उनको भनाइ छ ।
निश्चित समय अवधि तोकेर भर्ना प्रक्रिया अघि बढाउन समेत उनले आग्रह गरे । रजिस्ट्रेसन नखुलेकै बेला शिक्षाध्यक्षले भर्ना रोक्न निर्देशन दिएको उनको आरोप छ । अहिलेसम्म रजिस्ट्रेसन खुलेपछि मात्रै भर्ना गर्ने प्रचलन रहेको तर, अहिले एक्कासि भर्ना प्रक्रिया रोक्न निर्देशन दिएको उनको भनाइ छ ।
त्रिविले यही वर्षको फागुन १५ गते स्ववियु निर्वाचन गर्दैछ । विद्यार्थी संगठनहरू स्ववियु चुनावलाई आफ्नो प्रतिष्ठाको विषय बनाउँदै आएका छन् । बढी भन्दा बढी विद्यार्थी भर्ना गराएर निर्वाचन आफ्नो पक्षमा पार्ने मनसायसहित लागेका विद्यार्थी संगठनहरू भर्ना प्रक्रिया रोकिएपछि असन्तुष्ट बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह
-
१० बजे, १० समाचार : तीन दलको बार्गेनिङदेखि एनआरएनएको एकता महाधिवेशनसम्म
-
पश्चिमबाट पूर्वतर्फ सर्दै बादल, ठाउँ ठाउँमा वर्षा
-
शाक्यको ‘करूणा’ माथि धुलिखेलमा विमर्श