सरकारले अध्यादेशमार्फत विधेयक ल्याउने कुराको विरोध गर्छौं : प्रमुख सचेतक पाण्डे

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले अध्यादेशमार्फत विधेयक ल्याउने कुराको पार्टीले विरोध गर्ने बताएका छन् । आइतबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसदमार्फत नै सरकारले विधेयकका कामहरू अगाडि नबढाए विरोध गर्ने बताएका हुन् ।
प्रमुख सचेत पाण्डेले अध्यादेशमार्फत ल्याइएका विधेयकहरू जनताको हितमा नहुने र जनताको आवाज सम्बोधन गर्न नसक्ने बताए । उनले संसद्को हिउँदे अधिवेशन छिटो सञ्चालन गर्न माग समेत गरे । उनले कांग्रेस–एमाले समीकरणको सरकारले जनताको हित हुने काम गर्न नसकेको समेत आरोप लगाए । उनले माओवादी केन्द्र जनतासँग जोडिने अभियान रहेको उल्लेख गर्दै जनताका समस्याहरू ल्याएर संसदमा राख्ने पनि बताए । माओवादी केन्द्र सरकार ताकेर नबसेको समेत उनले स्पष्ट पारे ।
पाण्डेले भने, ‘अहिले धेरै विधेयकहरू पारित भएका पनि छैनन् । अनि हामी निरन्तर समितिहरूमा छलफल गरेर छिटो समितिबाट सभामा लैजानुपर्छ भनेका छौँ । तर सरकार जसरी अध्यादेशबाट विधेयकहरू ल्याइरहेको छ यो बेठिक छ । यसले ठिक ढंगले जनताका आवाजहरूको सम्बोधन गर्न सक्दैन ।’
माओवादी केन्द्र सरकारतिर नभई जनतातिर जान चाहिरहेको प्रमुख सचेत पाण्डेको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शुभ विवाह’ मा सहकार्य गर्दै सुदर्शन र प्रदीप
-
पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधनप्रति कांग्रेसको शोक प्रस्ताव (तस्बिरहरू)
-
परराष्ट्रको पत्र ‘गैरकानुनी’ भन्दै कूटनीतिक नियोगहरूलाई अर्को पत्र
-
नरेन्द्र मोदी र डोनाल्ड ट्रम्पबिच ३५ मिनेट फोनवार्ता : के –के भयो कुराकानी ?
-
तपाईलाई सुगर भएको त होइन ?
-
एआई हिममानवबाट ‘अभिमन्यु : च्याप्टर–१’को प्रचार