स्पेनिस सुपर कपको ट्रफी बार्सिलोनालाई, फ्लिकलाई पहिलो सफलता
सोमबार, २९ पुस २०८१, ०४ : ००
काठमाडौं । स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले जितेको छ । आइतबार राती साउदी अरेवियामा भएको फाइनलमा बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियाल मड्रिडलाई ५-२ ले हराउँदै उपाधि जितेको हो ।
ऐतिहासिक क्लासिकोमा बार्सिलोनालाई जिताउन राफिन्हा एक्लैले २ गोल गरे । यस्तै, रोवर्ट लेवान्डोस्की, लामिने यमल र एलेजेन्ड्रो बाल्डेले एक–एक गोल गरे । रियालका लागि केलियन एम्बापेले सुरुवाती ५ मिनेट मै गोल गरेका थिए भने दोस्रो हाफपछि रोड्रिगोले एक गोल फर्काए ।
बार्सिलोनाका प्रशिक्षक हाँसी फ्लिकका लागि यो पहिलो ट्रफी भएको छ । यो तेस्रो क्लासिको सुपर कप थियो । अघिल्लो सिजन रियालले ४-१ ले जितेकोमा २०२३ मा बार्सिलोनाले ३-१ ले ट्रफी हत्याएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण