लस एन्जलिस आगलागी : मृत्यु हुनेको संख्या २४ पुग्यो, २७० अर्ब अमेरिकी डलर बराबर आर्थिक क्षति
क्यालिफोर्निया । अमेरिकाको लस एन्जलिसमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुगेको छ । लस एन्जलस काउन्टीका स्वास्थ्य अधिकारीहरूले यो जानकारी दिएका हुन् ।
अधिकारीहरूले यसअघि १६ जना बेपत्ता भएको बताएका थिए । यस आगलागीका कारण इटन क्षेत्रमा १६ जनाको मृत्यु भएको छ भने पालिसेडेस क्षेत्रमा ६ जनाको मृत्यु भएको छ ।
अग्नि नियन्त्रकले अझै तीन ठाउँमा आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । यसैबिच क्यालिफोर्नियाका मौसमविद्हरूले थप तीव्र हावा चल्ने चेतावनी दिएका छन्। उक्त क्षेत्रमा तीव्र हावा चल्ने भएकाले यो साता आगलागी अझै बढ्न सक्ने मौसमविद्को अनुमान छ ।
आगलागीका कारण सबैभन्दा बढी क्षति पालिसेडमा भएको छ, जहाँ २३ हजार एकडभन्दा बढी क्षेत्र जलेको छ । आइतबार, एक निजी मौसम अनुगमन कम्पनीले आगलागीबाट आर्थिक क्षतिको प्रारम्भिक अनुमान बढाएर २५० देखि २७० अर्ब अमेरिकी डलरसम्म पुर्याएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण