जसपा नेपालको आयव्यय सार्वजनिक : कति छ सम्पत्ति ?
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्वाचन आयोगमा पेस गरेको लेखा परीक्षणको प्रतिवेदन सार्वजनिक गरेको छ । सोमबार जसपा नेपालले आ.ब. २०८०/०८१ को पार्टीको आयव्यय विवरणसहितको लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको हो ।
राजनीतिक दलहरूले निर्वाचन आयोगमा पेस गरेको लेखा परीक्षणको प्रतिवेदनलाई पार्टी कार्यालयको बेबसाइट, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक गर्नुपर्ने प्रावधान छ ।
आयोगको कानुन अनुसार पार्टीको लेखा परीक्षण तोकिएको समयावधिभित्रै सार्वजनिक गरिएको सूचना तथा सञ्चार विभागका महेश चौरसियाले जानकारी दिए ।
सार्वजनिक विवरण अनुसार पार्टीको कूल सम्पत्ति २ करोड ४० लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको छ । त्यस्तै, पार्टीको नगद मौज्दात १ करोड ३ लाख २७ हजार ९०४ रुपैयाँ रहेको छ ।
पार्टीले ४१ लाख ९९ हजार २०० रुपैयाँ सदस्यता शुल्क तथा नवीकरण र लेभीबाट प्राप्त गरेको उल्लेख छ । त्यस्तै, चन्दाबाट ५ लाख १२ हजार ६५० रुपैयाँ प्राप्त गरेको छ । पार्टीलाई १ लाख ३८ हजार ८२५ रुपैयाँ ऋण रहेको छ ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण