निजी आवास पुनर्निर्माणका लागि हिमाली क्षेत्रमा ५ लाख, तराईमा ३ लाख अनुदान दिइने
काठमाडौँ । सरकारले निजी आवास पुनर्निर्माणका लागि ५ लाख रुपैयाँसम्म अनुदान दिने भएको छ ।
आइतबार प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६ औँ बैठकले सो निर्णय गरेको हो ।
उक्त निर्णयअनुसार तराई क्षेत्रमा ३ लाख, पहाडी क्षेत्रमा ४ लाख र हिमाली क्षेत्रमा ५ लाखका दरले दिइने भएको छ । सो रकम ३ किस्तामा उपलब्ध गरिने विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भीष्मकुमार भुसालले बताए ।
साथै यस्ता आवास मर्मतसम्भारका लागि भने लागत हेरेर ५० हजार देखि १ लाख प्रदान गरिने छ । उक्त रकम निकासमा प्राधिकरणले सहजीकरण गर्ने र पालिकामार्फत निजी आवास पुनर्निर्माण गरिने भएको छ । साथै पुनर्निर्माणका लागि आवश्यकताका आधारमा केन्द्र र प्रदेश सरकारबाट जनशक्ति खटाइने छ भने जिल्ला, पालिकाले अनुगमन गर्ने छन् ।
यसैगरी भूकम्पले क्षति पुगेका निजी संरचना तथा आवासको लागत खर्च संघीय सरकारले शतप्रतिशत बेहोर्ने भएको छ । तर, बाढी पहिरो, आगलागीलगायत विपद् बाट क्षतिग्रस्त निजी आवासको हकमा केन्द्रले ५०, प्रदेशले ३० र पालिकाले २० प्रतिशत लागत बेहोर्नुपर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण