एडविन क्यास्ट्रो : लटरी जितेर अर्बपति बने, लस एन्जलिसको आगलागीमा घर गुमाए
लस एन्जलिस । भनिन्छ, भाग्यले कहिले मानिसलाई सिंहासनसम्म पुर्याउन सक्छ भने जमिनमा खसाउन पनि सक्छ । मान्छे एक पलमा राजा र अर्को क्षणमा रङ्क बन्न सक्छ। एकै चोटि आलिसान घरको मालिक बन्न सक्छ त त्यसपछि घरबारविहीन हुन सक्छ।
अमेरिकाको लस एन्जिलसको जंगलमा लागेको डढेलोका कारण एडविन क्यास्ट्रोलाई पनि त्यस्तै भएको छ । एडविन क्यास्ट्रो एकै झट्कामा अर्बौँको मालिक बने तर अहिले एकै पलमा करोडौँको सम्पत्ति स्वाहा भएको छ ।
सन् २०२२ मा अमेरिकाको लटरी इतिहासकै सबैभन्दा ठुलो ज्याकपोट जित्ने व्यक्ति क्यास्ट्रो रातारात अरबौँको मालिक बनेपछि विश्वभर एउटा समाचारले हेडलाइन बनेको थियो । उनले २.०४ बिलियन डलर जितेका थिए । यो जितपछि उनको जीवन पूर्णतया परिवर्तन भयो।
क्यास्ट्रोले ज्याकपोट रकमले लस एन्जलिसमा आफ्नो प्रतिष्ठा बढाउन कुनै कसर छोडेनन्। उनले २५.५ मिलियन डलरमा हलिउड हिल्समा शानदार घर, आफ्ना आमाबाबुको लागि ४ मिलियन डलरको जापानी शैलीको घर, र ४७ मिलियन डलरमा अर्को बंगला खरिद गरे। यसबाहेक उनले आफ्नो लागि ३.८ मिलियन डलरको बिच फ्रन्टमा घर पनि किनेका थिए ।
सन् २०२५ मा एडविन क्यास्ट्रो फेरि एकपटक समाचारमा आएका छन् तर यसपटक भने कारण निकै पीडादायी छ । लस एन्जलिसको डढेलोले उनको खुसी खोसेको छ । उनको ३.८ मिलियन डलरको बिच फ्रन्ट आगोमा खरानी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण