उपाध्यक्ष आचार्यद्वारा पदबहाली
सोमबार, २९ पुस २०८१, १७ : ०३
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष ध्रुव आचार्यले सोमबार पदबहाली गरेका छन् । उनलाई युवा तथा खेलकुद मन्त्रालयले सोमबारै मनोनयन पत्र हस्तान्तरण गर्नुका साथै खेलकुद मन्त्री तेजुलाल चौधरीले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङलगायतले उपाध्यक्ष आचार्यलाई राखेपमा स्वागत गरेका थिए । पुस १६ गतेको मन्त्रिपरिषद् बैठकले बुटवल उप–महानगरपालिका ७ का आचार्यलाई उपाध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको थियो । आचार्य मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष हुन् । यसअघिका उपाध्यक्ष शिव कोइरालाको २०८१ साल साउन ११ गते पदावधि सकिएपछि राखेपको उपाध्यक्ष पद रिक्त थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुप्सेकोटका पहिरो विस्थापित अझै अस्थायी शिविरमै
-
फ्रान्सविरुद्ध स्पेन: सेमिफाइनलमा को चम्कियो ?
-
ट्रम्पको चेतावनी: मैले पुग्यो नभनेसम्म इरानमाथिका आक्रमण जारी रहनेछन्
-
आजदेखि भरी सिलिण्डर ग्यास पाइने
-
स्वास्थ्यका लागि उसिनेको कि भिजाएको चना उत्तम ?
-
अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण