एकीकृत समाजवादीका जिल्ला र प्रदेश सदस्यहरूले सम्पत्ति विवरण पार्टीमा बुझाउनुपर्ने
सोमबार, २९ पुस २०८१, १८ : २५
सुर्खेत । नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश कमिटीले जिल्ला र प्रदेश सदस्यहरूले अनिवार्य रूपमा आफ्नो सम्पत्ति विवरण पार्टीलाई बुझाउनुपर्ने निर्णय गरेको छ । पुस २६ र २७ गते वीरेन्द्रनगरमा बसेको एकीकृत समाजवादी कर्णालीको बैठकले उक्त निर्णय गरेको हो ।
सोमबार बैठकले गरेका निर्णय सार्वजनिक गर्दै एकीकृत समाजवादीका प्रदेश अध्यक्ष ठगेन्द्रप्रकाश पुरीले बैठकबाट प्रदेश कमिटीमा रिक्त रहेको उपाध्यक्ष २ जना, उपसचिव २ जनालाई सचिवालय बैठकबाट सहमतिको आधारमा छनौट गर्नेगरी १० सदस्यीय सचिवालय गठन गरिएको बताए ।
सचिवालयले मापदण्डलाई आधार बनाई प्राथमिकता अनुसार थप सचिवालय सदस्यहरूको नामावली तयार गरी अर्को बैठकमा पेस गरिने पनि उनले बताए । यस्तै कर्णाली प्रदेश सरकारले जनताका काममा उत्तरदायी भूमिका निर्वाह गर्न नसकेको निष्कर्ष एकीकृत समाजवादीले निकालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित सार्वजनिक संरचनाका कारण व्यक्तिले क्षति बेहोर्नुपरे क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
साउदी अरब र उरुग्वेबिच बराबरी: अराउजोले टारे उरुग्वेको संकट
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
मंगलबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
उरुग्वेविरुद्ध पहिलो हाफमा साउदी अरबको १–० को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण