संस्कृति र परम्परालाई आर्थिक उपार्जनसँग जोड्नुपर्छ : प्रदेश प्रमुख देवकोटा
मङ्गलबार, ०१ माघ २०८१, ०७ : ३९

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मौलिक परम्परा र संस्कृति जगेर्ना गर्नुपर्ने बताएका छन् । उनले राज्यको सम्पत्ति रूपमा रहेको संस्कृति परम्पराको संरक्षण गर्दै समृद्धिको यात्रा तय गर्नु पर्ने बताए ।
माघे सङ्क्रान्ति (माघी) पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख देवकोटाले मौलिक पहिचान बोकेका हाम्रा चाडपर्वहरू हाम्रा खुसी जीवनका आधार रहेको बताए । विकास र समृद्धिको यात्रामा संस्कृति र परम्परालाई आर्थिक उपार्जनमा जोड्न सक्नुपर्ने उनको भनाई छ ।
नेपालमा मनाइने पर्वहरूले सामाजिक र राष्ट्रिय एकता, मेलमिलाप, सद्भाव र सहिष्णुता कायम गर्न योगदान दिइरहेको उनले बताए । नेपाल र नेपालीको पहिचानको रूपमा रहेको संस्कृति परम्परालाई संरक्षण र प्रवर्द्धन गर्नु अहिलेको आवश्यकता रहेको उनले औँल्याए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रमबारे ज्ञानेन्द्र : नखाऊँ भने दिनभरीको सिकार, खाउँ भने कान्छाबाउको अनुहार
-
नेपाली एसटीसी ब्याट्री उद्योगको उत्पादन आयातितभन्दा ४० प्रतिशत सस्तो, भारतमा निर्यात सुरु
-
‘हामीलाई ५/१० दिनमा लाइसेन्स चाहिएको छ, यता पानीजहाज कार्यालय उद्घाटन गर्ने काम हुँदैछ’
-
पाँच करोडभन्दा बढी रकम दुरुपयोग गरेको भन्दै बारा हुलाक कार्यालयका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
-
ट्यारिफको कारण अमेरिकामा महँगी बढेको आशङ्का
-
बीसीसीआईको निर्णयले पञ्जाबका समर्थकलाई झट्का