डेढ महिनादेखि बेपत्ता वृद्धको शव फेला
मङ्गलबार, ०१ माघ २०८१, १३ : ४९

कमवानपुर । करिब डेढ महिनादेखि बेपत्ता एक वृद्धको शव मकवानपुरको भीमफेदी गाउँपालिका–२ रिठ्ठेडाँडामा फेला परेको छ ।
भीमफेदी गाउँपालिका–९ स्थित भान्जीको घरबाट फर्किने क्रममा गत कात्तिक १४ गते बेपत्ता भएका मकवानपुरको कैलाश गाउँपालिका–७ भार्ता निवासी ७० वर्षीय टिकाराम प्रजाको शव सडेगलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रजाको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको उनले बताए। मामाको खोजी गर्न प्रजाका भान्जा रामहरि प्रजाले गत मङ्सिर ४ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन दिएका थिए ।
मृतकले लगाएको कपडा र साथमा रहेको झोलाका आधारमा मृतक प्रजाको सनाखत भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीओ रोक्न समितिले पत्र पठाएकोमा सांसदहरूको आपत्ति
-
सभामुखले सांसदलाई बोल्न नदिएको भन्दै सुदन किरातीले उठाए प्रश्न
-
संसद्मा उठ्यो वडाध्यक्षले वडा सचिव कुटेको विषय
-
भारतमा नेपाली छात्रा मृत्युको विषयमा सांसदले उठाए जोडदार आवाज
-
भुवनेश्वर प्रहरी भन्छ, ‘आरोपितलाई पक्राउ गरी अनुसन्धान गरिरहेका छौँ’
-
सभामुखले तीन पटक बोलाउँदा पनि बोलिनन् सुमना श्रेष्ठ