फिल्म ‘डोरी’को फष्टलुक्स सार्वजनिक
काठमाडौँ । नेपाली फिल्म ‘डोरी’को फष्टलुक्स पोस्टर सार्वजनिक गरिएको छ । निर्माण युनिटले फष्टलुक्ससँगै फिल्म १५ चैत्रदेखि प्रदर्शन हुने समेत सार्वजनिक गरेको छ ।
पोस्टरले फिल्मको कथावस्तु र भावनात्मक गहिराइको झल्को दिने प्रयास गरेको छ । पोस्टरमा प्रस्तुत पात्रको शक्तिशाली हाउभाउले दर्शकलाई कथामा समावेश हुने सङ्घर्ष, रहस्य, र गहन भावनालाई सङ्केत गर्छ । पोष्टरमा कलाकार वीरेन्द्र सिंह कुशवाहाको क्रोधित अनुहारले कथाको द्वन्द्व र चरित्रहरूको गहिराइलाई प्रतिनिधित्व गरेको छ ।
‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । फिल्ममा वीरेन्द्र सिंहको अलवा प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, राज पौडेल, कविता आले, राज थापा, नूतन लगायतको अभिनय छ ।
दिनेश भट्टराई निर्माता, राज थापा कार्यकारी निर्माता रहेको फिल्म राजु तामाङको द्धोन्द्ध, राजनराज सिवाकोटीको संगीत र मिलन श्रेष्ठको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाह्र वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो
-
संसदीय सुनुवाइ समितिले गलत व्यक्तिलाई अस्वीकार गर्न सक्नुपर्छ: आनन्दप्रसाद ढुंगाना
-
प्रविधि र सेवाको नमूना : कसरी स्मार्ट बन्दैछ ललितपुर महानगर ?
-
वास्तविकता बन्दैछ जिन सम्पादनबाट शिशुको जन्म
-
निर्वाचन आयोगजस्ता संवैधानिक निकायमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरौँ: पद्मा अर्याल
-
लालबन्दीमा गोली प्रहार गरी लुटपाटको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण