अपहरणमा परेका चिनियाँको उद्धार, ४ भारतीय पक्राउ
काठमाडौँ । काठमाडौँको ठमेलबाट अपहरणमा परेका चिनियाँ नागरिकको उद्धार गरिएको छ । चिनियाँ नागरिक यु हुआन हुआनलाई फर्पिङबाट उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
मंगलबार मध्यान्ह १ बजेतिर प्रहरी कन्ट्रोलमा ठमेलको होटलबाट चिनियाँ अपहरणमा परेको सुचना आएपछि उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोली अपहरणकारीको खोजीमा जुटेका थिए ।
अपहरणमा संलग्नहरूलाई मकवानपुरको भिमफेदीबाट पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय भिमफेदीकी इन्स्पेक्टर ललिता ढकाल नेतृत्वको टोलीले एम्बुसिङ गरेर भारतीय नम्बरको गाडी सहित दुईजना भारतीयलाई पक्राउ गरेको हो । प्रहरीको घेरामा परेको थाहा पाएपछि चिनियाँलाई लिएर जङ्गलतिर भागेका थप दुई जनालाई पनि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले रातोपाटीलाई बताए । उनले भने, ‘गाडीको चालक सहित ४ भारतीय नागरिकलाई पक्राउ गरेका छौँ ।’
पक्राउ पर्नेमा महाराष्ट्र घर भएका ३३ वर्षीय आशुतोष दत्तात्रय थ्रोट, ३० वर्षीय अमोल खारमत, ४० वर्षीय आफा सरुनेश शाइक्स र ३० वर्षीय अमोल शीर्षत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण