विदेशीसँग पैसा असुल्न बाह्य राजस्व विभाग बनाउँदै ट्रम्प
वासिङटन डीसी । अमेरिकामा डोनाल्ड ट्रम्पले जनवरी २० मा राष्ट्रपतिको रूपमा शपथ लिँदैछन् । शपथ ग्रहण अघि पनि ट्रम्प निकै सक्रिय देखिएका छन् । मेक्सिको र क्यानडा जस्ता देशहरूमाथि उनले उच्च भन्सार महसुल लगाउने कुरा गरेका छन् । अतिरिक्त महसुल वृद्धिको कुरामा उनी धेरै गम्भीर देखिएका छन् । सीएनएनमा छापिएको खबरका अनुसार, ट्रम्पले जनवरी २० मा बाह्य राजस्व सेवा नाम गरेको नयाँ सरकारी विभाग सुरु गर्दैछन् ।
यो विभागको काम विदेशबाट हुने आम्दानी र शुल्कको समयमै असुली हुनेछ । यस विभागले भन्सार, महसुल र विदेशी स्रोतबाट हुने अन्य आम्दानी असुल गर्नेछ । व्यापार असन्तुलन, बसाइँसराइ र लागूऔषध तस्करी जस्ता समस्याहरू समाधान गर्न क्यानडा, मेक्सिको र चीन जस्ता देशहरूमाथि दबाब दिन यो विभाग गठन गरिएको ठानिएको छ । यसबाहेक पनि ट्रम्पले चीनलगायत अन्य धेरै देशका उत्पादनहरूमा पनि कर बढाउने योजना पनि बनाएका छन् ।
चाँडै नै अन्य देशहरूबाट आयात गरिने सामानहरूमा समेत ट्रम्पले कर बढाउने घोषणा गर्न सक्ने बताइएको छ । यसअघि ट्रम्पले खर्बपति व्यवसायी एलन मस्क र भारतीय मूलका विवेक रामास्वामीलाई सरकार दक्षता विभाग (डज)को जिम्मेवारी दिएका थिए । यो विभागको काम धेरै पुराना नीति र समितिहरूको खारेज गर्नु र सारा संघीय संरचनामा आवश्यक परिवर्तन गर्नु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण