विपक्षी दलकाे बैठक
रविको विषयमा विपक्षी दलको बैठकमा छलफल, राज्यले प्रतिशोध र दमनकारी व्यवहार गरेको ठहर
बुधबार, ०२ माघ २०८१, ११ : ००
काठमाडौँ । विपक्षी दलको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछानेमाथि राज्यले प्रतिशोध साधेर निरन्तर दमको शैली अपनाएको ठहर गरेको छ ।
बुधबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरूको बैठकमा पार्टी सभापति रवि लामिछानेको विषयमा छलफल भएको रास्वपा कार्यवाहक सभापति डीपी अर्यालले जानकारी दिए ।
उनले समान किसिमको घटनामा सत्ता घटक दल निकट रहेकाहरूलाई बिहान अदालत लगेर साँझ छाड्ने गरेको तर‚ सभापति लामिछानेमाथि प्रतिशोध साधिएको ठहर बैठकले गरेको बताए ।
‘सहकारीको विषयमा कसैलाई बिहान अदालतमा ल्याएर साँझ छोडेको छ । सञ्चालकहरूलाई पनि त्यसरी छाडेको छ । रविजीमाथि राज्यको प्रतिशोध हो । यस किसिमको दमन व्यवहार गर्नुहुँदैन भन्ने बैठकको निष्कर्ष रह्यो‚’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण