नेविसंघले माग्यो त्रिविका उपकुलपति बरालको राजीनामा
काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालको राजीनामा माग गरेको छ। उपकुलपतिको ढोकामा नेविसंघले उपकुलपतिको राजीनामा माग गरेको पर्चा टासेको हो ।
उपकुलपति बरालसहित, रेक्टर प्राडा खड्क केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालको राजीनामा माग गरेको हो। मेरिटोक्रेसी भन्ने तर, भित्रभित्रै पार्टीको नेताले जे–जे भन्यो त्यही अनुसार नियुक्त गरेको नेविसंघ त्रिवि सभापति विष्णु बडैलाले बताए ।
क्याम्पस प्रमुखमा कसलाई कति नम्बर दिइयो त्यो समेत खुलाइएकोले सांकेतिक रूपमा झकझकाएको उनको भनाइ छ। विद्यार्थीले ढोकामा पर्चा टाँस्ने समयमा उपकुलपति बराल भने कार्यकक्षमा अनुपस्थित थिए। डीन, क्याम्पस प्रमुख लगायतको नियुक्तिमा विद्यार्थी संगठनहरूले आपत्ति जनाउँदै आएका छन् ।
मेरिटोक्रेसीको नाममा दलका कार्यकर्तालाई नियुक्ति दिने गरेको भन्दै उनीहरूले आपत्ति जनाउँदै आएका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण