नेविसंघले माग्यो त्रिविका उपकुलपति बरालको राजीनामा

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालको राजीनामा माग गरेको छ। उपकुलपतिको ढोकामा नेविसंघले उपकुलपतिको राजीनामा माग गरेको पर्चा टासेको हो ।
उपकुलपति बरालसहित, रेक्टर प्राडा खड्क केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालको राजीनामा माग गरेको हो। मेरिटोक्रेसी भन्ने तर, भित्रभित्रै पार्टीको नेताले जे–जे भन्यो त्यही अनुसार नियुक्त गरेको नेविसंघ त्रिवि सभापति विष्णु बडैलाले बताए ।
क्याम्पस प्रमुखमा कसलाई कति नम्बर दिइयो त्यो समेत खुलाइएकोले सांकेतिक रूपमा झकझकाएको उनको भनाइ छ। विद्यार्थीले ढोकामा पर्चा टाँस्ने समयमा उपकुलपति बराल भने कार्यकक्षमा अनुपस्थित थिए। डीन, क्याम्पस प्रमुख लगायतको नियुक्तिमा विद्यार्थी संगठनहरूले आपत्ति जनाउँदै आएका छन् ।
मेरिटोक्रेसीको नाममा दलका कार्यकर्तालाई नियुक्ति दिने गरेको भन्दै उनीहरूले आपत्ति जनाउँदै आएका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध लागु औषधसहित ५ जना पक्राउ
-
भारत, बङ्गलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न नेपालमा
-
कर्णाली भूकम्पका नाममा सङ्घसंस्थालाई ३८ करोड, खर्चअनुसार छैन उपलब्धि
-
गर्मीमा किन रातो हुन्छ आँखा ? कसरी पाउने छुटकारा ?
-
पूर्वीनाका काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलियम आयात
-
भैरहवा र नेपालगञ्ज भन्सारले भेट्टाएनन् राजस्व लक्ष्य