जय ट्रफी फाइनल : त्रिभुवन आर्मी क्लबलाई १ सय ३ रनको लक्ष्य
वीरगन्ज । जय ट्रफी पुरुष एलिट कपको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले जितका लागि १ सय ३ रनको लक्ष्य पाएको छ । नेपाल पुलिस क्लब दोस्रो इनिङ्समा १ सय ३९ रनमा सीमित बनेको हो ।
पुलिसले पहिलो इनिङ्समा १ सय ३३ रन बनाउँदै पारी समाप्तिको घोषणा गरेको थियो । त्यस्तै, त्रिभुवन आर्मीले आफ्नो पहिलो इनिङ्समा १ सय ७० रन जोडेको थियो ।
प्रहरी आफ्नो दोस्रो इनिङ्समा ४९.१ ओभरमा अलआउट हुन पुग्यो । टोलीका लागि कुशल भुर्तेलले सर्वाधिक ४५ रनको योगदान दिए । उनले ६७ बलको सामना गर्दै ६ चौका प्रहार गरे ।
दिलीप नाथले ६२ बलमा ३४ रन बनाउँदै पभेलियन फर्किए । उनले ४ चौका र १ छक्का प्रहार गरे । रासिद खानले १८ रन तथा अमित श्रेष्ठले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पुलिसलाई सस्तोमा समेट्न शहाब आलम र बसिर अहमदले ५–५ विकेट लिए । आलमले २५ ओभर बलिङ गर्दै ७५ रन खर्चिए । अहमदले २२.१ ओभरमा ४९ रन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण