एमालेसँग सहमतिअनुसार काम गर्न मन्त्रीहरुलाई देउवाको निर्देशन
_6vyzr7eqht_GbuDUBkwdV.jpg)
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस-एमालेबिच भएको गठबन्धनमा कुनै समस्या नभएको बताएका छन् । आफ्नै निवासमा दलबाट प्रतिनिधित्व गरेर सरकारमा गएका मन्त्रीहरूको ब्रिफिङ सुनेपछि देउवाले सात बुँदे सहमति सफल बनाउने गरी काम गर्न निर्देशन दिएका छन् ।
बैठकमा सहभागि गृहमन्त्री रमेश लेखकका अनुसार देउवाले सबै मन्त्रीहरूको कुरा सुनेपछि यस्तो बताएका हुन् । ‘सभापतिज्यूले पनि कांग्रेस एमाले सहमति अनुसार अघि बढ्ने हो । यसै विषयमा केन्द्रित भएर काम गर्नु भन्नुभयो‚’ उनले भने ।
बैठकमा हामी दुई दल मिलेर सरकार बनेको र गठबन्धनमा कुनै समस्या तथा बाधा अप्ठ्यारा नभएको भन्दै छलफल भएको उनले बताए ।
‘हामीबिच भएका सात बुँदे सहमति अनुसार यो समीकरण लाई अघि लाने गरेर काम गर्ने तथा सेवा प्रवाहको क्षेत्रमा नागरिकलाई बढी भन्दा बढी सेवा प्रवाह गर्ने र मुलुकमा आर्थिक समृद्धि र सुशासन कायम गर्ने विषयमा छलफल भएको छ‚’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुण्डेस लिगामा बायर्न म्युनिख र बायर लिभरकुजेन गोलविहिन
-
ला लिगामा रियाल र एटलेटिको मड्रिड दुबैलाई ठक्कर, बराबरीले घट्यो अंक दुरी
-
प्रिमियर लिग : आर्सनल जित्दा नटिङघमलाई झट्का
-
प्रिमियर लिगमा म्यान्सिटीको फराकिलो जित, उमरले गरे ह्याट्रिक
-
सात दिन, सातै प्रदेश, सात म्याराथन
-
रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किदा युवाको मृत्यु