महालक्ष्मी विकास बैंकले सञ्चालनमा ल्यायो बचत मै मुद्दती सरहको ब्याज पाइने खाता
_r76UFLpI6s.jpg)
काठमाडौँ । महालक्ष्मी विकास बैंकले महालक्ष्मी ‘बाल बचत रिकरिङ डिपोजिट अकाउन्ट’ सञ्चालनमा ल्याएको छ ।
बालबालिकाहरूलाई भोलिको दिनहरूमा आइपर्न सक्ने वित्तीय आवश्यकतालाई सानै उमेरदेखि सम्बोधन गर्ने गरी बचत मै मुद्दती सरहको ब्याज दिने विशेषतासहितको यो खाता सञ्चालनमा ल्याइएको हो ।
यस खाता अन्तर्गत बचतकर्ताले १ वर्षदेखि १० वर्षसम्म मासिक वा त्रैमासिक रूपमा एक निश्चित रकम निरन्तर रूपमा बचत गर्न सक्नेछन् । जसबाट १ वर्षको व्यक्तिगत मुद्दती बराबरकै ब्याजको लाभ लिन सक्ने बैंकले जनाएको छ ।
अभिभावकद्वारा सञ्चालन गर्न सकिने यस खातामा अवधि समाप्ति पश्चात एकमुष्ट रकम प्राप्त गर्न सकिनेछ । मुद्दती खाता जस्तो धेरै रकम पनि नचाहिने र मात्र रु ५०० बाट समेत शुरुवात गर्न सकिने, ब्याज पनि आकर्षक पाइने, भोलिको दिनमा एकमुष्ट प्राप्त हुने रकमबाट आफ्नो बालबालिकाहरूको शिक्षा दीक्षा तथा अन्य वित्तीय आवश्यकताहरुको परिपूर्ति गर्न समेत सहज हुने भएकोले महालक्ष्मी बाल बचत रिकरिङ डिपोजिट खाता ग्राहकहरुका लागि एक उत्तम खाता हुन सक्ने विश्वास बैंकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर
-
खोटाङमा टेबलटेनिस र बुद्धिचाल प्रतियोगिता सुरू
-
नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री
-
बाबुरामलाई प्रश्न– प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र छाडेकोमा पश्चाताप लागेको छैन ?
-
मोदीको भनाई खारेज गर्दै पाकिस्तानले भन्यो – हामी ‘आतंकवाद पीडित’