फिल्म ‘ल्हो–छाम्पा’ निर्माण हुने
बिहीबार, ०३ माघ २०८१, १५ : ५१

काठमाडौँ । फिल्म ‘ल्हो–छाम्पा’ निर्माण हुने भएको छ । नरेशकुमार केसीको निर्देशन रहने फिल्म अर्जुन सुवेदीले निर्माण गर्न लागेका हुन् ।
सन् १९९० को दशकमा भुटानबाट विस्थापित हुन बाध्य भुटनिज शरणार्थीको कथा फिल्ममा समेटिने छ ।
‘ल्हो–छाम्पा’ भुटानको दक्षिण भेगमा बस्ने नेपालीलाई चिनाउने शब्द हो । भुटानबाट नेपाली भाषी लखेटिँदाको अवस्था, शरणार्थी शिविरका पीडा र तेस्रो देश पुनर्वासमा जानुअघि शिविरमा देखिएका द्धन्द्धलाई फिल्मले प्रस्तुत गर्नेछ ।
निर्माता सुवेदीले आफूले भोगेको कालबेलालाई आउँदा पुस्तालाई दस्तावेजीकरणका लागि फिल्म बनाउन लागेको बताए ।
निर्देशक सुवेदीको यो तेस्रो फिल्म हुनेछ । यसअघि उनले ‘डाइङ क्यान्डल’ र ‘रोमियो एन्ड मुना’ गरी दुई फिल्म निर्देशन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
-
‘लोक सेवा आयोग हीरक महोत्सव तयारीमा व्यस्त’
-
जुनसुकै बेला जेसुकै हुन सक्छ, तयार भएर बस्नुहोस्: गृहमन्त्री
-
‘अपरेसन सिन्दूर’ को बारेमा भारतीय जनरलको नयाँ खुलासा
-
उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकाल र ‘आइएमएफ’ नेपाल मिसन प्रमुखबीच भेटवार्ता
-
एलन मस्कका बुबा एरोल मस्क भारतमा