फिल्म ‘ल्हो–छाम्पा’ निर्माण हुने
बिहीबार, ०३ माघ २०८१, १५ : ५१
काठमाडौँ । फिल्म ‘ल्हो–छाम्पा’ निर्माण हुने भएको छ । नरेशकुमार केसीको निर्देशन रहने फिल्म अर्जुन सुवेदीले निर्माण गर्न लागेका हुन् ।
सन् १९९० को दशकमा भुटानबाट विस्थापित हुन बाध्य भुटनिज शरणार्थीको कथा फिल्ममा समेटिने छ ।
‘ल्हो–छाम्पा’ भुटानको दक्षिण भेगमा बस्ने नेपालीलाई चिनाउने शब्द हो । भुटानबाट नेपाली भाषी लखेटिँदाको अवस्था, शरणार्थी शिविरका पीडा र तेस्रो देश पुनर्वासमा जानुअघि शिविरमा देखिएका द्धन्द्धलाई फिल्मले प्रस्तुत गर्नेछ ।
निर्माता सुवेदीले आफूले भोगेको कालबेलालाई आउँदा पुस्तालाई दस्तावेजीकरणका लागि फिल्म बनाउन लागेको बताए ।
निर्देशक सुवेदीको यो तेस्रो फिल्म हुनेछ । यसअघि उनले ‘डाइङ क्यान्डल’ र ‘रोमियो एन्ड मुना’ गरी दुई फिल्म निर्देशन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसंघीय चिफ अफ पुलिस समिटमा आईजीपी कार्कीको सम्बोधन
-
बाह्र वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो
-
संसदीय सुनुवाइ समितिले गलत व्यक्तिलाई अस्वीकार गर्न सक्नुपर्छ: आनन्दप्रसाद ढुंगाना
-
प्रविधि र सेवाको नमूना : कसरी स्मार्ट बन्दैछ ललितपुर महानगर ?
-
वास्तविकता बन्दैछ जिन सम्पादनबाट शिशुको जन्म
-
निर्वाचन आयोगजस्ता संवैधानिक निकायमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरौँ: पद्मा अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण