सुप्रिम सहकारी ठगी प्रकरण : रवि र छविविरुद्ध रूपन्देहीमा शुक्रबार मात्र मुद्दा चलाइने
बुटवल । बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा रवि लामिछाने र छविलाल जोशीसहित प्रतिवादीविरुद्ध शुक्रबार मात्र मुद्दा चलाइने भएको छ । बिहीबार समय अभाव भएपछि शुक्रबारलाई धकेलिएको हो ।
पूरक अभियोजनअन्तर्गत शुक्रबार अभियोगपत्र दर्ता गरिने जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीका प्रमुख प्रेमराज पौडेलले बताए । उनका अनुसार बिहीबार नै मुद्दा दर्ताको तयारी गरिए पनि समय अभावले हुन नसकेको हो ।
सुरुमा सहकारी ठगीसम्बन्धी मात्र मुद्दा दर्ता भएकाले बिहीबार १७ जनाविरुद्ध संगठित अपराधमा पनि अभियोगपत्र दर्ता गरिएको छ । सुरुका २८ मध्ये सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु राई, अध्यक्ष ओमप्रकाश गुरुङ, कुमार रम्तेल, सागर केसी, दिनेश रोक्कासहित १७ जनाविरुद्ध संगठित अपराध मुद्दा चलाइएको हो । त्यसमध्ये सुप्रिमका पूर्वसञ्चालकसमेत रहेका दिनेश रोक्काविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोग लगाइएको छ ।
जिल्ला सरकारीले दुवै अभियोजन दर्ता गर्ने तयारी गरेको थियो । थप र पूरक अभियोजनमा ४२ जनाबाट १ अर्ब १२ करोड रुपैयाँ माग दाबी गरिएको छ । सुप्रिमका १० हजार ३९१ जनाले बचत गरेको एक अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाखभन्दा बढी रकम अपचलन भएको पाइएको छ । त्यसमध्ये १४ करोडभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको खुलेको छ ।
प्रहरीले पूर्वगृहमन्त्री लामिछाने, पूर्वडीआईजी जोशीसहित १४ जनालाई मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन शुक्रबार बुझाएको थियो । सोही आधारमा मुद्दा दायरको प्रक्रिया अगाडि बढाएको हो । जिल्ला अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले सहकारीसम्बन्धी उक्त मुद्दा आफू कहाँ नआएको रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
ब्रायन ब्रोबीको दुई गोलले ह्युस्टनमा नेदरल्याण्ड्स हाबी, दबाबमा स्विडेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण