सुप्रिम सहकारी ठगी प्रकरण : रवि र छविविरुद्ध रूपन्देहीमा शुक्रबार मात्र मुद्दा चलाइने

बुटवल । बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा रवि लामिछाने र छविलाल जोशीसहित प्रतिवादीविरुद्ध शुक्रबार मात्र मुद्दा चलाइने भएको छ । बिहीबार समय अभाव भएपछि शुक्रबारलाई धकेलिएको हो ।
पूरक अभियोजनअन्तर्गत शुक्रबार अभियोगपत्र दर्ता गरिने जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीका प्रमुख प्रेमराज पौडेलले बताए । उनका अनुसार बिहीबार नै मुद्दा दर्ताको तयारी गरिए पनि समय अभावले हुन नसकेको हो ।
सुरुमा सहकारी ठगीसम्बन्धी मात्र मुद्दा दर्ता भएकाले बिहीबार १७ जनाविरुद्ध संगठित अपराधमा पनि अभियोगपत्र दर्ता गरिएको छ । सुरुका २८ मध्ये सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु राई, अध्यक्ष ओमप्रकाश गुरुङ, कुमार रम्तेल, सागर केसी, दिनेश रोक्कासहित १७ जनाविरुद्ध संगठित अपराध मुद्दा चलाइएको हो । त्यसमध्ये सुप्रिमका पूर्वसञ्चालकसमेत रहेका दिनेश रोक्काविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोग लगाइएको छ ।
जिल्ला सरकारीले दुवै अभियोजन दर्ता गर्ने तयारी गरेको थियो । थप र पूरक अभियोजनमा ४२ जनाबाट १ अर्ब १२ करोड रुपैयाँ माग दाबी गरिएको छ । सुप्रिमका १० हजार ३९१ जनाले बचत गरेको एक अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाखभन्दा बढी रकम अपचलन भएको पाइएको छ । त्यसमध्ये १४ करोडभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको खुलेको छ ।
प्रहरीले पूर्वगृहमन्त्री लामिछाने, पूर्वडीआईजी जोशीसहित १४ जनालाई मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन शुक्रबार बुझाएको थियो । सोही आधारमा मुद्दा दायरको प्रक्रिया अगाडि बढाएको हो । जिल्ला अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले सहकारीसम्बन्धी उक्त मुद्दा आफू कहाँ नआएको रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पको प्रतिक्रिया: यो दुःखद हो
-
भारतले पाकिस्तानमाथि आक्रमण गर्नुको कारण के हो ?
-
आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)
-
पाकिस्तानले भन्यो- भारतीय आक्रमणबाट तीन स्थानहरू प्रभावित
-
मध्यरातमा भारतद्वारा पाकिस्तानमा 'एयर स्ट्राइक', ९ स्थानलाई लक्षित
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप