कार्यपालिकालाई स्थानीय तहका ‘कार्यवाहक प्रमुख’ छनोटको अधिकार
बिहीबार, ०३ माघ २०८१, १८ : ४२

काठमाडौँ । सरकारले स्थानीय तहको ‘कार्यवाहक प्रमुख’ छनोटको अधिकार दिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा संशोधन गर्दै सरकारले यस्तो व्यवस्था गरेको हो ।
ऐनको दफा ११६ मा संशोधन गर्दै सरकारले यस्तो व्यवस्था गरेको हो ।
यसअघि ऐनले कुनै पनि स्थानीय तहमा प्रमुख र उपप्रमुख एकैपटक रिक्त हुनसक्ने अवस्थाको परिकल्पना नै गरेको थिएन । त्यसैले दुवैजना रिक्त भएको अवस्थामा कसले नेतृत्व गर्छ भन्ने व्यवस्था थिएन ।
संशोधन ऐनले यदि स्थानीय तहको प्रमुख वा उपप्रमुख रिक्त भएको अवस्थामा कार्यपालिका सदस्यहरूले आफू मध्येबाट तोकेको जोकोही व्यक्तिले कार्यवाहक अध्यक्ष भई काम गर्नसक्ने व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असंलग्न परराष्ट्र नीतिको सान्दर्भिकताबारे चर्चा
-
जुम्लामा ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते
-
सान फ्रान्सिस्कोबाट मुम्बई आइरहेको एयर इन्डियाको उडानमा खराबी, कोलकातामा ओरालियो यात्रु
-
काठमाडौँ महानगरमा मनसुन अवधिभर सडक तथा फुटपाथ खन्न रोक
-
मानिसहरूले तुरुन्तै तेहरान छोड्नुपर्छ: ट्रम्प
-
उपकुलपति छनोट : खुला प्रतिस्पर्धा कि सोझै सिफारिस ?