नेविसंघले जय नेपाल कप विश्वविद्यालय क्रिकेट प्रतियोगिता गर्ने
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले जय नेपाल कप दक्षिण एसियाली विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिता गर्ने भएको छ । जलवायु परिवर्तनको मुद्दा प्रवर्द्धन गर्ने उद्देश्यसहित सोमबारदेखि प्रतियोगिता गर्न लागेको हो।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय त्रिवि क्रिकेट मैदानमा ९ दिनसम्म चल्ने प्रतियोगितामा नेपालबाट त्रिवि, काठमाडौं विश्वविद्यालय, मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालय, भारतबाट दिल्ली, लखनउ र बाबासाहेब भीमराव बिहार विश्वविद्यालय तथा बंगलादेशबाट ढाका विश्वविद्यालयले प्रतिस्पर्धा गर्ने नेविसंघले जनाएको छ।
विजेताले १५ लाख र उपविजेताले १० लाख रूपैयाँ पुरस्कार पाउनेछन् । विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई ५ लाख पुरस्कार प्रदान गरिनेछ। विश्वका धेरै विश्वविद्यालयलाई निमन्त्रण दिएको तर, व्यस्तताका कारण आउन नसककेको नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले बताए । झन्डै ३ करोड अनुमानित बजेट रहेको प्रतियोगितामा आउने विदेशी टोलीलाई खानेबस्ने व्यवस्था गरिएको बताए ।
नेपालीको हकमा विश्वविद्यालयमा दर्ता भएका खेलाडीमात्र खेल्न पाउनेछन् । कुल रन बराबरको पनि गरिने नेविसंघले जनाएको छ। प्रतियोगिताको सदभाव दूतमा ८ हजार मिटरभन्दा माथिका १४ हिमाल चढ्ने कान्छा आरोही निमारिन्जी शेर्पा रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण