बाइडेनले टिकटकमाथि प्रतिबन्ध नलगाउने, ट्रम्प प्रशासनले के गर्ला ?
वासिङटन डीसी । अमेरिकाका निवर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटकमाथि प्रतिबन्ध नलगाउने भएका छन् । टिकटकको भाग्य अब नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले निर्णय गर्ने एक अमेरिकी अधिकारीले भनेका थिए ।
गत वर्ष बाइडेनले टिकटकको माउ कम्पनी बाइटडान्सलाई जनवरी १९ सम्ममा कम्पनीको अमेरिकी व्यवसाय बेचिसक्नु पर्ने, अन्यथा प्रतिबन्ध भोग्नुपर्ने कानुनमा हस्ताक्षर गरेका थिए । तर बाइडेन प्रशासनले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय आगामी ट्रम्प सरकारमाथि छोडेको छ ।
ट्रम्पले गरेका थिए टिकटकलाई निरन्तरता दिने सङ्केत
ट्रम्प पहिले अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने पक्षमा थिए । तर अब अमेरिकामा अझै केही समय टिकटकलाई निरन्तरता दिने पक्षमा रहेको सङ्केत उनले दिएका छन् । मिडिया रिपोर्टका अनुसार टिकटकका सीईओ शाउ जी चू पनि ट्रम्पको शपथ ग्रहण समारोहमा उपस्थित हुन सक्नेछन् । समारोहमा उनलाई अगाडिको पङ्क्तिमा स्थान दिइन सक्ने बताइएको छ ।
नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले पनि टिकटकमाथि प्रतिबन्ध लगाउने सङ्घीय कानुनमा सम्झौता नभएसम्म टिकटकमाथि प्रतिबन्ध लगाउने समयसीमा बढाउन सक्ने प्रावधानहरू रहेको बताएका छन् । केही दिन अघि अमेरिकी खर्बपति व्यापारी एलन मस्कको कम्पनीले टिकटकको शेयर किन्न सक्ने खबर आएका थिए । तर टिकटकले सो खबरको खण्डन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण