कर्णालीमा ‘सुरक्षित यात्राका लागि स्मरण अभियान’

सुर्खेत । कर्णालीमा बढ्दो सडक दुर्घटनाका न्यूनीकरणका लागि प्रहरीले ‘सुरक्षित यात्राका लागि स्मरण अभियान’ चलाइएको छ ।
प्रदेश ट्राफिक कार्यालयले सबै जिल्ला तथा ट्राफिक इकाईहरूमा उक्त अभियान चलाएको हो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक हरिबहादुर बिसीले दुर्घटना रोकथामका लागि उक्त अभियान चलाइएको बताए । कर्णाली प्रदेशमा हुने सवारी दुर्घटना न्यूनीकरण र सडक अनुशासन कायम राख्ने उद्देश्यले अभियान चलाइएको उनको भनाइ छ । अभियानको नारा ‘आफू पनि बचौँ र अरूलाई पनि बचाऔँ’ भन्ने राखिएको छ ।
बिहीबार मात्र प्रदेशका १० वटै जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा मातहत अस्थायी ट्राफिक प्रहरी पोस्टहरूमा यो कार्यक्रम गरिएको छ ।
अभियान अन्तर्गत कर्णालीमा सवारी दुर्घटना हुने स्थानहरूमा भएका सवारी दुर्घटनाहरूका तस्बिरहरू प्रतिबिम्बित गराई सवारी चालक र सह–चालकहरूलाई सचेतना गराइन्छ । उनले अगाडि भने, ‘अहिलेसम्म ४७ स्थानहरूमा प्रदर्शन तथा सचेतना कार्यक्रम गरिएको छ ।’
उक्त कार्यक्रमबाट सवारी चालक तथा सह–चालक गरी जम्मा १ हजार २४३ जना लाभान्वित भएको उनको बिसीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलका रक्षामन्त्रीले इरानलाई दिए यस्तो चेतावनी
-
सिड्नीमा ‘नेपाली बहुसांस्कृतिक केन्द्र’ निर्माणका लागि आध्यात्मिक महोत्सवको घोषणा
-
शास्त्रीको पार्थिव शरीर बुधबार बिहान २ घण्टा कांग्रेस केन्द्रीय कार्यालयमा राखिने
-
अर्थमन्त्रीले जवाफ दिँदै गर्दा नाराबाजी गरेकोप्रति सांसद थिङको आपत्ति
-
अर्थमन्त्री जवाफ दिन अघि बढेपछि जर्याकजुरुक उठे रास्वपाका सांसद, अनि सुरु भयो नाराबाजी (तस्बिरहरू)
-
युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गरिनुपर्छ : सांसद खतिवडा