बुटवल–गोरुसिंगे सडक समयमै निर्माण सम्पन्न गर्न पूर्वगृहमन्त्री खाणको आग्रह
बुटवल । पूर्वगृहमन्त्री बालकृष्ण खाणले बुटवल–गोरुसिंगे सडक निर्माण प्रक्रियालाई सहज बनाउन आग्रह गरेका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका खाणले सडक समयमै निर्माण सम्पन्न गर्न र निर्माणको अवधिमा सर्वसाधारणलाई समेत समस्या नहुने प्रक्रिया अवलम्बन गर्न आग्रह गरेका हुन् ।
बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक योजना कार्यालयका अधिकारीहरूलाई शुक्रबार भेटेर खाणले पूर्वाधार निर्माणमा हुने गतिरोधले स्थानीयलाई समस्या हुने भएकाले समयमै सम्पन्न गर्न आग्रह गरे ।
सडक योजनाका अधिकारीहरूलाई उनले भने, ‘सडक विस्तारमा कटान गर्नुपर्ने रुख र ढुङ्गा गिट्टी कहाँबाट ल्याउने भन्नेबारे यकिन गरेर काम सुरु गर्नुस् ।’
सडक योजना कार्यालयका लेखा अधिकृत राजेन्द्रप्रसाद आचार्यले २०८१ कात्तिक ४ देखि तीन वर्षमा सम्पन्न गर्नेगरी गत असारमा निर्माण व्यवसायीसँग सम्झौता भएको जानकारी दिए । उनले सडक क्षेत्रमा पर्ने रुख कटानका लागि कटान आदेश अन्तिम चरणमा रहेको बताए । कुल ५० किमीमध्ये २५ किमीको दरले दुई भागमा विभाजन गरी काम गर्न लागिएको छ ।
सडक योजना कार्यालयका इञ्जिनियर जिगेशप्रसाद चौधरीले ५० किमिमध्ये सहरी क्षेत्रमा फुटपाथ तथा नालीसहित ५० मिटर, ग्रामीण क्षेत्रमा ३७ मिटर र बन क्षेत्रमा २४ मिटर चौडाइ सडक निर्माण गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण