कानूनी लफडामा फस्यो टिकटक, अमेरिकामा प्रतिबन्ध झेल्नु पर्ने
काठमाडौं । सर्वोच्च न्यायालय अर्थात् सुप्रीम कोर्टले अपिल खारेज गरिदिएसँगै अमेरिकामा टिकटकमाथि आइतबारसम्म प्रतिबन्ध लाग्ने देखिएको छ । प्रतिबन्ध कस्तो खालको हुने भन्नेबारे भने निश्चित नभइसकेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
ह्वाइट हाउसले भने यसबारेको मामिला आगामी ट्रम्प प्रशासनलाई छोड्दिने प्रतिक्रिया दिएको छ । न्यायाधीशले टिकटक एपका चिनिया मालिकलाई आफ्नो हिस्सेदारी बेच्ने वा अमेरिकी प्रतिबन्धको सामना गर्नका लागि भन्ने सन्दर्भमा कुनै कानून उल्लङ्घन नभएको भनेका छन् ।
तर, अमेरिकी सरकारको राष्ट्रिय सुरक्षा चिन्ता तथा टिकटकको चिनिया साइनोले कानूनी लफडा निम्तिएको बताइँदै छ । यसअघि बाइटडान्सको नाममा जारी आदेशमा कि त एप अमेरिकी खरिदकर्तालाई बेच्नु पर्ने या कि १९ जनवरीसम्म प्रतिबन्धको सामना गर्नुपर्ने भनिएको थियो । जुन विक्री अहिलेसम्म पनि हुन सकेको छैन ।
टिकटक विश्वभर सबैभन्दा बढी लोकप्रिय सर्टफर्म भिडियो एप्स मध्ये एक हो भने अर्बौँ डलरको प्रभावशाली अर्थव्यवस्थाको एक प्रमुख हिस्सा समेत मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण