ला लिगामा इस्पानियोललाई सफलता, तत्काललाई टर्यो रेलिगेशनको खतरा
शनिबार, ०५ माघ २०८१, ०५ : ११
काठमाडौं । स्पेनिस ला लिगामा इस्पानियोल विजयी भएको छ । शुक्रबार राती भएको खेलमा इस्पानियोलले रियाल भालाडोलिडविरुद्ध २-१ को संघर्षपूर्ण जित निकालेको हो ।
जितसँगै स्पानियोलले तत्काललाई रेलिगेशनको खतरा टारेको छ । रियाल भालाडोलिड भने रेलिगेशनमा थप झोंसिएको छ । इस्पानियोललाई दुर्घटनाबाट जोगाउन जाभी पुआडो र रोबर्टो फर्नान्डीजले गोल गरे । रियाल भालाडोलिडका लागि जाभी सान्चेजले एक गोल फर्काए ।
जितेको इस्मानियोल रेलिगेशन जोनभन्दा एक स्थान माथि परेको छ भने रियाल भालाडोलिड पुछारबाट दोस्रो स्थानमा छ । ४४ अंक जोडेको एटलेटिको मड्रिड शीर्ष स्थानमा रहँदा एक अंक कम भएको रियाल मड्रिड दोस्रो स्थानमा छ । वार्सिलोनाले भने ३८ अंकका साथ तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण