श्रीमतीलाई उपहार भन्दै डाक्टरले गरे आफ्नै परिवार नियोजन
ताइपेई । ताइवानका एक प्लास्टिक सर्जनको सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । उनले आफ्नो श्रीमतीका लागि भन्दै आफैले आफ्नो परिवार नियोजन (भ्यासेक्टोमी) गरेको भिडियो सेयर गरेका हुन् ।
तीन सन्तानका पिता चेन वेइ नोङ ताइपेई सहरमा प्लास्टिक सर्जनका रूपमा काम गर्छन् । आफ्नो फेसबुक र इन्सटाग्राम प्रोफाइलमा एउटा अनौठो भिडियो सेयर गरेपछि उनी चर्चामा छन् ।
आफ्नो पत्नीलाई सहज बनाउन यी युवा डाक्टरले आफ्नो भ्यासेक्टोमी आफै गर्ने निर्णय गरे । अनि त्यसलाई शैक्षिक प्रयोजनका लागि भन्दै भिडियोमा पनि रेकर्ड गरे ।
सुरुवातमा यो प्रक्रियाबारे ११ वटा कदमको जानकारी दिएपछि चेनले लोकल एनेस्थेसिया लिएर आफ्नै अपरेसन सुरु गरे । कसैले आफ्नै भ्यासेक्टोमी गर्नु सामान्य होइन । त्यसैले करिब १५ मिनेट लाग्ने यो प्रक्रिया पूरा गर्न उनलाई १ घण्टा लाग्यो । तर, अपरेसन सफल भने भयो ।
चेनको भिडियो ताइवानमा भाइरल भएको छ । मात्र चार दिनमा भिडियोलाई ४० लाख पटकभन्दा बढी हेरिएको छ । धेरैले उनको साहस, सीप र श्रीमती प्रतिको मायाको तारिफ गरेका छन् भने केहीले उनको निर्णयप्रति प्रश्न पनि उठाएका छन् ।
युवा डाक्टरले आफू लाइसेन्स प्राप्त सर्जन भएको, यो आफूले नै जोखिम उठाएको र युरोलोजिस्टको निगरानीमा गरेको भन्दै आफ्नो निर्णयको बचाऊ गरेका छन् । उनले यसलाई उदाहरणका रूपमा नलिन र विज्ञको सल्लाह लिन अरूलाई आग्रह गरेका छन् ।
यसबारे ताइपेईको स्वास्थ्य विभागले पनि छानबिन गरेको थियो । तर, चेन योग्य डाक्टर भएकाले आफूले आफैलाई अपरेसन गर्दा कुनै कानुनी समस्या नरहेको स्पष्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण