मधेस प्रदेश सरकारद्वारा सहिद परिवारका सदस्यहरूलाई सम्मान
शनिबार, ०५ माघ २०८१, १८ : २२

जनकपुर । मधेस प्रदेश सरकारले सहिद परिवारका सदस्यहरूलाई सम्मान गरेको छ । मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गत रहेको मधेसी सहिद प्रतिष्ठानले बलिदानी दिवसको अवसरमा आयोजना गर्दै सहिद परिवारलाई सम्मान गरेको हो ।
सो अवसरमा बोल्दै मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सहिद परिवारको सम्मानमा प्रदेश सरकारले कुनै कमी नराख्ने बताए । उनले मधेसलाई अधिकार सम्पन्न बनाउन अझै संघर्षको आवश्यकता रहेको बताए।
सहिद परिवारका सम्पूर्ण सदस्यको बीमा गर्ने कार्यक्रम सुरु गरेको बताए । कार्यक्रममा सहिद परिवारका सदस्य तथा जिउँदो सहिदहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन र कानुन समयमै बन्न नसक्दा नागरिकमा नैराश्य उत्पन्न भयो : श्रेष्ठ
-
आईपीओ रोक्न समितिले पत्र पठाएकोमा सांसदहरूको आपत्ति
-
सभामुखले सांसदलाई बोल्न नदिएको भन्दै सुदन किरातीले उठाए प्रश्न
-
संसद्मा उठ्यो वडाध्यक्षले वडा सचिव कुटेको विषय
-
भारतमा नेपाली छात्रा मृत्युको विषयमा सांसदले उठाए जोडदार आवाज
-
भुवनेश्वर प्रहरी भन्छ, ‘आरोपितलाई पक्राउ गरी अनुसन्धान गरिरहेका छौँ’