एक सातामा सुनको मूल्य ३८०० रुपैयाँ बढ्यो, चाँदीको पनि उकालो लाग्यो
काठमाडौँ । एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्य ३ हजार ८०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारयता एक साताको अवधिमा सो मूल्य वृद्धि भएको हो ।
जसअनुसार पुस २६ गते छापावाल सुनको मूल्य तोलामा १ लाख ५४ हजार १०० रुपैयाँ कायम भएको थियो । तर, पुस ४ गते अर्थात यो साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा १ लाख ५७ हजार ९०० रुपैयाँ पुगेको हो । महासंघले शनिबारको लागि भने मूल्य कायम गर्ने गरेको छैन ।
महासंघको वेबसाइटमा उल्लेख भएअनुसार पुस २८ गते सुनको मूल्य तोलामा १ लाख ५५ हजार ७०० रुपैयाँ थियो । त्यसको भोलिपल्ट सुनको मूल्य तोलामा १ सय रुपैयाँ बढेर १ लाख ५५ हजार ८०० रुपैयाँ कायम भयो ।
यसैगरी माघ १ गते घटेर तोलामा १ लाख ५५ हजार रुपैयाँ कायम हुँदा २ गते १ लाख ५५ हजार ४०० रुपैयाँ कायम भयो भने ३ गते १ लाख ५६ हजार ६०० रुपैयाँ पुगेको महासंघको भनाइ छ । यस्तै शुक्रबार भने थप बढेर १ लाख ५७ हजार ९०० पुगेको हो । यसरी हेर्दा सातामा सुनको मूल्य उतारचढाव हुँदै कारोबारको अन्तिम दिन झण्डै १ लाख ५८ हजार नजिक पुगेको देखिन्छ ।
यस्तै चाँदीको मूल्य पनि उकालो लागेको छ। पुस २६ गते तोलामा १ हजार ८४५ रुपैयाँ कायम भएको चाँदी २८ र २९ गते १ हजार ८६०, माघ १ गते १ हजार ८२०, २ गते १ हजार ८३०, ३ गते १ हजार ८८० र ४ गते १ हजार ८९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण