खेलकुद
खो खो विश्वकपमा आज नेपाल र भारतबिच उपाधि भिडन्त
आइतबार, ०६ माघ २०८१, ०८ : २३
काठमाडौँ । भारतमा भइरहेको पहिलो खो खो विश्वकपको फाइनल खेल आज हुँदै छ । पुरुष र महिला दुवै तर्फ नेपाल र भारतबिच उपाधि भिडन्त हुने भएको छ ।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इनडोर हलमा महिलातर्फको फाइनल बेलुका ७ बजे सुरु हुनेछ । त्यसलगत्तै राति ८:१५ बजे पुरुषतर्फको फाइनल सुरु हुनेछ ।
पहिलोपटक भएको विश्वकपमा नै नेपालको पुरुष र महिला टोली फाइनल पुगेको हो ।
महिलातर्फ नेपाल समूह 'सी'बाट अपराजित रहेर क्वाटरफाइनलमा प्रवेश गरेको थियो । क्वाटरफाइनलमा इरानलाई हराउँदै सेमिफाइनलमा पुगेको थियो भने सेमिफाइनलमा नेपालले युगाण्डालाई पराजित गरेको थियो।
यसैगरी पुरुषतर्फ नेपाल समूह 'ए' को उपविजेता बन्दै क्वाटरफाइनल पुगेको थियो । क्वाटरफाइनलमा नेपालले बङ्गलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो । सेमिफाइनलमा नेपालले इरानलाई पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण