कर्णालीमा कांग्रेसका मन्त्रीलाई दलका नेताको निर्देशन : गठबन्धनको स्प्रीड अनुसार काम गर्नुहोस्
सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले कांग्रेसबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूसँग छलफल गरेका छन् ।
सरकारको कामकारबाही, सेवा प्रवाहका विषयमा शाहीले मन्त्रीहरूसँग जानकारी लिएका हुन् । त्यस क्रममा मन्त्रीहरूले आफूले गरेका कामकारबाहीको ब्रिफिङ गरेका थिए ।
दल नेता शाही र कांग्रेस प्रदेश सभापति ललितजंग शाहीले गठबन्धन सरकारको स्प्रीड अनुसार काम गर्न निर्देशन दिए । 'जनतालाई डेलिभरि दिनुपर्ने कुराहरू, सरकारका काम कारबाही प्रभावकारी बनाउन गर्नुपर्ने कामको योजना र रणनीतिजस्ता विषयमा ध्यान दिनुहोस्,' दल नेता शाहीले निर्देशन दिए ।
कांग्रेसबाट उद्योग,पर्यटन, वन र वातावरणमन्त्रीमा सुरेश अधिकारी, जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा विजया बुढा, अर्थमा राजीवविक्रम शाह र सामाजिकमा घनश्याम भण्डारी गरी चार जना मन्त्री छन् ।
पूर्वमुख्यमन्त्रीसमेत रहेका शाही सरकारका कामकारबाहीबारे त्यति सन्तुष्ट छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण