कोशी प्रदेशसभा सदस्यमाथि भएको आक्रमणको कांग्रेसद्वारा निन्दा
आइतबार, ०६ माघ २०८१, ०९ : ३५
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता उद्धव थापामाथि शनिबारको भएको आक्रमणको निन्दा गरेको छ ।
पूर्व मुख्यमन्त्री समेत रहेका उनलाई केही व्यक्तिले शनिबार झापामा आक्रमण गरेका थिए ।
कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलले आइतबार जारी गरेको विज्ञप्तिमा नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कदै गर्दा कन्काई नगरपालिकाको सुरुङ्गा नजिक उनीमाथि आक्रमण भएको उल्लेख छ । उनको निधारमा चोट लागेको छ ।
कांग्रेसले थापाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको यथार्थ छानबिन गरेर अराजक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कडा कानुनी कारबाहीको माग सरकारसँग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण