भीम रावलतिर लागेपछि एमालेका पूर्वमन्त्री सुवेदी बुवाछोरा निष्कासित
धनगढी । नेकपा एमालेमा कारबाहीमा परेका नेता भीम रावल पक्षीय गतिविधिमा सक्रिय देखिएपछि एमाले कैलालीले पूर्वमन्त्रीसहित दुई जनालाई कारबाही गरेको छ ।
नेकपा एमाले कैलालीले सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उनका छोरासमेत रहेका जिल्ला सदस्य भीष्मराज सुवेदीलाई कारबाही गरेको हो ।
एमाले कैलाली सचिव ममता प्रसाद चौधरीका अनुसार शनिबार बसेको एमाले जिल्ला सचिवालय बैठकबाट उनीहरूलाई कारबाही गरेको हो । पूर्वमन्त्री कृष्णराज सुवेदी र जिल्ला कमिटी सदस्य भीष्मराज सुवेदीलाई पार्टीको सङ्गठित सदस्य समेत नहरनेगरी निष्कासन गर्न प्रदेश कमिटीलाई सिफारिस गर्ने निर्णय गरिएको जिल्ला सचिव चौधरीले जानकारी दिए ।
सुवेदी बाबुछोरा कारबाहीमा परेका तथा मातृभूमि जागरण नेपाल अभियानमा रहेका भीम रावलको गतिविधिमा संलग्न भएको पुष्टि भएपछि कारबाही गरिएको चौधरीको भनाइ छ ।
यसैबिच माघ ४ गते भीम रावल धनगढी विमान स्थल आवरणरत गरेपछि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गरिएको नाराबाजीप्रति पनि पार्टीको ध्यानाकर्षण भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण