जुलाइसम्मको विद्यार्थी भिसाका लागि अमेरिकी दूतावासले तोक्यो ‘अपोइन्टमेन्ट डेट’
आइतबार, ०६ माघ २०८१, १० : २४
काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासले आगामी जुलाईसम्मका लागि विद्यार्थी भिसाको अपोइन्टमेन्ट डेट सार्वजनिक गरेको छ ।
आइतबार दूतावासले जुलाइ महिनासम्मका लागि चार वटा स्लटसहितको मिति तोकेको हो । जसअनुसार अप्रिलको भिसाका लागि जनावरी २२ मा, मेईका लागि मार्च १३, जुनका लागि अप्रिल १७ र जुलाइका लागि मेई १५ को अपोइन्टमेन्ट डेट खुला गरिएको छ । त्यसका लागि बिहान ८ बजेदेखि अनलाइनमार्फत डेट फिक्स गर्न सकिनेछ ।
गत वर्षदेखि दूतावासले भिसाको लागि डेटमा सहजताका लागि भन्दै ‘अपोइन्टमेन्ट डेट’ को स्लट छुट्याउँदै आएको छ । अझैपनि कतिपयले भिसाका लागि डेट पाउन नसकेको गुनासो गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण