इन्धनको ट्याङ्कर विस्फोट हुँदा नाइजेरियामा ७० को मृत्यु
आइतबार, ०६ माघ २०८१, ११ : ४४
नैरोबी । नाइजेरियामा इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा कम्तीमा ७० जनाको मृत्यु भएको छ ।
उत्तरी नाइजेरियामा शनिबार यो घटना घटेको हो । नाइजर राज्यमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिँदा इन्धन पोखिएर विस्फोट भएको राष्ट्रिय आकस्मिक एजेन्सीले भनेको छ । अक्टोबरमा जिगावा राज्यमा यस्तै खालको घटनामा १४७ जनाको मृत्यु भएको थियो ।
खबरका अनुसार घटनास्थलबाट ७० भन्दा बढीको शव भेटिएको छ । अरू ५६ जना घाइते भएको बताइएको छ ।
विस्फोटमा परेर १५ वटा पसल पनि ध्वस्त भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले एउटा विज्ञप्तिमा भनेको छ । घाइतेहरूको उपचार भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण