गायिका समीक्षाको गुनासो– श्री एयरलाइन्सले गर्दा कार्यक्रम छुट्यो
काठमाडौँ । गायिका समीक्षा अधिकारीले श्री एयरलाइन्सको कारण आफ्नो कार्यक्रम छुटेको गुनासो पोखेकी छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै यस्तो गुनासो गरेकी हुन् ।
‘मौसम खराबीले उडान प्रभावित हुनु त स्वाभाविकै हो । तर एयरपोर्ट खुलिसक्दा पनि बिहान ८ बजेको प्लेन अब दिउँसो २ बजे मात्रै उड्छ भन्दै श्री एयरलाइन्सले यात्रुलाई एयरपोर्टमै अलपत्र पारेको छ । अन्य एयरलाइन्सले धमाधम प्लेन उडाइरहेका छन्’, उनले लेखेकी छन् ‘केहि दिनअघि पनि मैले यही एयरलाइन्सबाट धोका पाएपछि नेपालगन्जको कार्यक्रम नै छुटाउनु परेको थियो । आज पनि म बिहानैदेखि काठमाडौँ एयरपोर्टमै छु ।’
श्री एयरलाइन्सबाट धोका पाउने आफू पहिलो पात्र पक्कै होइन भन्दै उनले प्रश्न गरेकी छन्, ‘यस्तो घटना कि त अन्य एयरलाइन्ससँग कमिसन खाने कर्मचारीले घटाउँछन् ?, कि त यो एयरलाइन्सको काम छैन ।’
यस विषयमा श्री एयरलाइन्सले भने नेपालगन्ज एयरपोर्ट बिहान ११ः५५ मा मात्र खुल्दा बिहानको नियमित फ्लाइट ४ घण्टा ढिलो हुन पुगेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण