रातोपाटीबाट सम्पादक दाहालको बिदाइ
काठमाडौँ । रातोपाटी डटकमले सम्पादक रामप्रसाद दाहाललाई बिदाइ गरेको छ । आइतबार बखुन्डोलस्थित प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बिच दाहाललाई बिदाइ गरिएको हो ।
डिस्कवरी न्युज नेटवर्कका अध्यक्ष विजया शर्माको अध्यक्षतामा भएको बिदाइ कार्यक्रममा रातोपाटी डटकमका संस्थापक सम्पादक ओम शर्मा, प्रधानसम्पादक जिवेन्द्र सिम्खडा, प्रबन्ध निर्देशक अर्जुन पन्तसहित न्युजरुमका सहकर्मीहरू सहभागी थिए ।
अघिल्लो महिना नेपाल पत्रकार महासंघको महासचिव निर्वाचित दाहाल सम्पादकमा नियुक्त भएको एक वर्ष पूरा भएसँगै कार्यव्यस्तताका कारण रातोपाटीबाट अलग भएका हुन् । उनी २०८० माघ ५ गते रातोपाटीको सम्पादक नियुक्त भएका थिए ।

बिदाइ कार्यक्रममा दाहालले एक वर्षे कार्यकालको अवधिमा आफूले रातोपाटीलाई राम्रो बनाउन सक्दो प्रयास गरेको उल्लेख गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे ।
प्रधानसम्पादक सिम्खडाले सम्पादकका रूपमा दाहालले रातोपाटीमा गरेको योगदानको उच्च प्रशंसा गर्दै अब पत्रकार महासंघको महासचिवको रूपमा पनि आफ्नो कार्यकाल सफल बनाउन दाहाललाई शुभकामना दिए ।

यस्तै संस्थापक सम्पादक ओम शर्माले रातोपाटी खुला विश्वविद्यालय जस्तै रहेको उल्लेख गर्दै दाहालले रातोपाटीलाई दिएको योगदानप्रति आभार व्यक्त गर्दै उनलाई आगामी दिनमा पनि सफलता मिलोस् भनि शुभकामना दिए ।

यसैगरी अध्यक्ष विजया शर्माले पत्रकार महासंघ जस्तो ठुलो संस्था हाँक्ने अवसर पाएका दाहाललाई शुभकामना दिँदै रातोपाटीले उनको योगदानको स्मरण गरिरहने बताइन् ।
यसैबिच प्रधानसम्पादकसँगको समन्वयमा रातोपाटीको समाचार कक्षको नेतृत्व सम्हाल्ने जिम्मेवारी सहायक सम्पादक विधान श्रेष्ठलाई दिइएको व्यवस्थापनले जनाएको छ । श्रेष्ठ स्थापनाकालदेखि नै रातोपाटी डटकममा आबद्ध रहँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण