शानदार जित निकाल्दै शीर्ष स्थानमा फर्कियो रियाल मड्रिड
काठमाडौं । स्पेनिस ला लिगामा रियाल मड्रिड फेरि शीर्ष स्थानमा फर्किएको छ । आइतबार राती घरेलु मैदानमा लस पल्मसलाई ४-१ गोल अन्तरले हराउँदै रियाल शीर्ष स्थानमा फर्किएको हो ।
रियाललाई शानदार जित दिलाउन केलियन एम्बापेले दुई गोल गरे । उनले गरेको तेस्रो प्रहार भीएआरले विफल नपारेको भए उनले पहिलो हाफ अघि नै ह्याट्रिक पूरा गर्ने थिए । ४२औं मिनेटमा गरेको प्रहारलाई भीएआरले मान्यता दिएन । ब्राहिम डाएज र रोड्रिगोले एक-एक गोल थप्दा टोलीले ४-१ को जित निकाल्यो ।
जितपछि रियालको २० खेलबाट ४६ अंक भएको छ भने गोल अन्तरका आधारमा पनि रियाल दोस्रो स्थानको एटलेटिको मड्रिडभन्दा अघि छ । एटलेटिकोको ४४ अंक छ । गोल अन्तर सबैभन्दा ढबी भए पनि बार्सिलोना भने लामो समयदेखि तेस्रो स्थानमा खुम्चिएको छ ।
ला लिगा अन्तर्गत अन्य खेलमा एथ्लेटिक क्लबले सेल्टा भिगोलाई २-१ ले हराउँदा ओसासुना र रायो भायकानोले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण